१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा प्रहरीले कावासोती नगरपालिका–१३ का २१ वर्षीय आशिस बिकलाई पुस १८ गते गिरफ्तार गरेको छ ।
जिल्ला अदालतको ०८० वैशाख १६ गतेको फैसलाले यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएपछि फरार रहेका बिकलाई घरैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भानु शर्माले बताउनु भयो ।
बिकलाई अदालतले ५ महिना ४ दिन कैद र ५ हजार रुपियाँ जरिबाना तोकेको थियो ।