१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले झापा, दमक नगरपालिका-१ का ३० वर्षीय सरोज सुनुवारविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडित बालिकालाई ०८१ पुस १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।
पीडित पक्षको उजुरीपछि घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १५ गते गरिएको छ ।