INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत, वेष्ट बङ्गाल हाँसीमारा स्थायी घर भइ मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीमा बस्दै आएका ३५ वर्षीय कुमार तामाङलाई पुस १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ पुस १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस १६ गते इलाका प्रहरी कार्यालय, धुलावारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पताल, भद्रपुरमा पुस १६ गते गरिएको छ ।

अन्य

भिडियो