१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनछहरी गाउँपालिका-४, सिउरीका २२ वर्षीय हर्क बहादुर पुन मगरलाई प्रहरीले ०८१ पुस ११ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पसु १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस ११ गते प्रहरी चौकी, कुलेलीमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण पुस ११ गते जिल्ला अस्पताल, रेउघामा भयो ।