१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १६ वर्षीय बालकलाई पुस ९ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई पुस ६ गते यौन दुर्व्यवहार गरेको र त्यस भन्दा अघि पनि पटकपटक यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।
पीडितले घटनाविरुद्ध पुस ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका वरिष्ठ हवल्दार दिनेश गोलेले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परिक्षण पुस ८ गते चौतारा अस्पतालमा भएको थियो ।