INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

बुटवल उपमहानगरपालिका–११, देवीनगरकी २१ वर्षीया अञ्जली विकको कुटपिट गरी हत्या गरेको आरोपमा पति ३० वर्षीय सागर विकलाई प्रहरीले ०८१ पुस ८ गते गिरफ्तार गरेको छ ।

आरोपितले पुस ८ गते मादक पदार्थ सेवन गरी दाउराले टाउकोमा हानेर हत्या गरेको भन्दै पीडित पक्षले पुस ८ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । मृतकको टाउकोमा गहिरो चोट लागेको र अत्यधिक रगत बगेका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले बताउनु भयो ।

शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

अन्य

भिडियो