INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका-५ का २९ वर्षीय मिठु कुमार चौधरीविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिपुरमा ०८१ पुस ४ गते उजुरी दिनुभएको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ मङ्सिर १२ गते धाक धम्की दिई बलात्कार गरेको भन्दै पीडित पक्षले पुस ४ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भयो ।

घटना पश्चात आरोपित चौधरी फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर रोमन राज आर्यालले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ४ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

अन्य

भिडियो