INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित औरही गाउपालिका-४ का २२ वर्षीय जागेश्वर यादवविरुद्धको मुद्दा जिल्ला अदालतले ०८१ पुस २ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश उपेन्द्र केशर खनालको एकल इजलासले सो फैसला गरेको हो ।

आरोपितले बालिकालाई ०७९ असार २ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ १३ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा भदौ १३ गते भएको थियो ।

आरोपितविरुद्ध ०८० जेठ ३१ गते जिल्ला अदालतमा अभियोग पत्र दायर भई वारेन्ट सहितको पक्राउ पुर्जी जारी भए पनि आरोपित हाल सम्म गिरफ्तार भएका छैनन् ।

अन्य

भिडियो