कल्यानपुर नपा-६ की ३० वर्षीया समिला खातुनलाई खुकुरी प्रहार गरी ३५ वर्षीय पति मोहमद अली राइनले धारिलो हतियार प्रयोग गरी मङ्सिर ५ गते बिहान ३ बजेतिर पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवादमा आरोपितले खुकुरी प्रयोग गरी घाँटी रेटेर हत्या गरेको खबर स्थानीयबाट जानकारी पाएर प्रहरी घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गजुसिद्धि बज्रचार्यले बताए ।
शवको पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा मङ्सिर ५ गते ल्याइएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गजुसिद्धि बज्रचार्यले आरोपित फरार भएकोले खोजतलास भइरहेको बताए ।