INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको मुद्दा मुल्तवीमा

आठ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित ताप्ली गाउँपालिका-४ थुम्कीका ५५ वर्षीय भरतकुमार ठकुरीविरूद्धको मुद्दा जिल्ला अदालतले मुल्तवीमा राख्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ईङ्नामको ०८१ पुस १ गतेको इजलासले मुद्दालाई मुल्तवीमा राख्ने आदेश भएको अदालतका श्रेस्तेदार भेषराज भट्टराईले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७९ फागुन १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन २३ गते इलाका प्रहरी कार्यालय, कटारीमा उजुरी दिएको थियो ।

आरोपितविरूद्ध ०७९ फागुन १३ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपनि आरोपित ०८१ मङ्सिर ३० गतेसम्म गिरफ्तार नभएपछि पुस १ गते मुद्दा मुल्तवीमा राख्ने आदेश भएको हो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०८० जेठ ९ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कटारी अस्पतालमा ०७९ फागुन २३ गते गरिएको थियो ।

अन्य

भिडियो