१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका-४ का १९ वर्षीय चन्द्र बहादुर परियारलाई प्रहरीले ०८१ मङ्सिर २९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २९ गते इलाका प्रहरी कार्यालय, देवस्थलमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २९ गते जिल्ला अस्पतालमा भयो ।