INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनकुटा नगरपालिका-४ ठोकाका २७ वर्षीय मोहनकुमार राईविरूद्ध पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ कात्तिक २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८१ मङ्सिर २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित बालिकाका बाबुले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

पीडित पक्षको उजुरी लगत्तै फरार भएका घटनाका आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर २८ गते गरिएको छ ।

अन्य

भिडियो