INSEC Online

📅 २०८३ जेष्ठ २२

काङ्ग्रेस कार्यकर्ताद्वारा वाम गठबन्धनका कार्यकर्तामाथि कुटपिट

किस्पाङ गाउँपालिका-२ फिकुरीमा मङ्सिर ३ गते राति वाम गठबन्धनका कार्यकर्ताहरूलाई नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले कुटपिट गरी घाइते बनाइदिएका छन् ।

कुटपिटबाट वाम गठबन्धन आबद्ध किस्पाङ-२ फिकुरीका ३७ वर्षीय माधव न्यौपाने, ३८ वर्षीय उमाकान्त भट्ट र २७ वर्षीय दीपक भट्ट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाश भट्टराईले बताए । तीनै जनाको उपचार विदुरमा रहेको नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टरमा भइरहेको छ ।

निर्वाचन प्रचार कार्यक्रम गरेर फर्कने क्रममा बाटोमा लुकेर बसेका नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले आक्रमण गरी घाइते बनाएको नेकपा एमाले किस्पाङ गाउँपालिकाका संयोजक वीरवल तामाङले आरोप लगाए ।

नेपाली काङ्ग्रेस नुवाकोटले भने घटनामा आफ्ना कुनै पनि कार्यकर्ता संलग्नता नभएको र वाम गठबन्धनले घटनालाई अतिरञ्जित बनाएको दाबी गरेको छ ।

घटनामा संलग्न भएको आरोपमा मङ्सिर ४ गते प्रहरीले किस्पाङ-३ का ३० वर्षीय सन्तबहादुर लामा र रसुवाको उत्तरगया गाउँपालिका-३ का ३१ वर्षीय सुनील लामालाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गिरफ्तार परेकाहरू नेपाली काङ्ग्रेसका कार्याकर्ताहरू भएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो