१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १८ गते पाल्पा अस्पतालमा भयो ।