INSEC Online

📅 २०८३ जेष्ठ २१

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्सेक प्रतिनिधि सम्मानित

सिन्धुपाल्चोक जिल्लामा मानव अधिकारको पक्षमा तथा समाजमा रहेका हरेक प्रकारका विभेद र हिंसा अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गरेको भन्दै चौतारा सागाचोकगढी नगरपालिकाले मङ्सिर १८ गते ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्सेक प्रतिनिधि नातिबावु धिताललाई सम्मान गरेको छ ।

चौतारा सागाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रदान गर्नु भएको सम्मान पत्रमा भनिएको छ-“मानव अधिकारको बिगुल फुक्दै हरेक विभेद र हिंसा अन्त्यका लागि अहोरात्र समर्पित तपाई मानव अधिकारकर्मी एवम् इन्सेक जिल्ला प्रतिनिधि नातिबावु धिताललाई सम्मान गर्न पाउँदा हामी खुशीले गद्गद् भएका छौँ । खासगरी विगत लामो समयदेखि मानव अधिकार सुनिश्चितता र समावेशी समाज निर्माणार्थ याहाँको जुन योगदान रहँदै आएको छ । त्यो योगदानका उच्च मूल्याङ्कन गर्दै आगामी दिनहरुमा पनि सबैखाले विभेदहरुको अवशान र अपाङ्गता भएकाहरुको हक, हित र अधिकारका लागि याहाँको भूमिका उतिक्कै प्रशंसनीय रहने छ भन्ने शुभेच्छासहित अपाङ्गता भएकाहरुको ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा हामी यी नै शब्दाचल समर्पित गर्दै तपाई मानव अधिकारकर्मी नातिबावु धिताललाई सम्मान गर्दछौँ ।”

कार्यक्रममा उपप्रमुख सीता थापाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृतले अविर र माला लगाएर सम्मान गर्नुभएको थियो ।

photo20241203sindhupalchok2

अन्य

भिडियो