भीमदत्त नगरपालिका–८ तिलाचौरकी ३० वर्षीया ज्योती विष्टको हत्या गरेको आरोपमा प्रहरीले ४९ वर्षीय पति नरेन्द्र विष्टलाई मङ्सिर १५ गते राति गिरफ्तार गरेको छ । आरोपितले घरायसी विवादका क्रममा मङ्सिर १५ गते राति पत्नीको घाँटी र हातमा धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि आरोपित पतिलाई घटनास्थलबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बताउन ुभयो ।
शवको पोष्टमार्टम मङ्सिर १६ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएपछि मृतकका आफन्तहरुले हिन्दु परम्परा अनुसार मङ्सिर १६ गते महाकाली नदीमा शवको दाहसस्कार गरेका छन् ।
पहिलो पत्नीको मृत्युभएपछि आफू भन्दा १९ वर्ष उमेर कम भएकी ज्योतीसँग दोस्रो विवाह गरेका आरोपित जोशी नेपाल प्रहरीका पुर्व असई हुन् ।