INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको ठहरमा १० वर्षकैद

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौँडा उमनपा-१२ का ५४ वर्षीय सानोकान्छा दाहाललाई १० वर्षकैद गर्ने फैसला सुनाएको छ ।

न्यायाधीश स्वीकृती पराजुलीको इजलाशले मङ्सिर १ गते उक्त फैसला सुनाएको हो । फैसलामा पीडितलाई २५ हजार रुपियाँ पीडक दाहालबाट क्षतिपुर्ति भराउन भनिएको छ ।

पीडित बालिकालाई दाहालले ०७३ चैत २१ गते यौन दुर्व्यवहार गरेको आरोपमा गाउँलेले दाहाललाई तत्कालै समातेर कारबाहीको निम्ति प्रहरीलाई बुझाएका थिए ।

जिल्ला अदालत मकवानपुरले दाहाललाई गत वैशाख १८ गते पुर्पक्षका लागि भीमफेदी कारागारमा थुनामा पठाएको थियो ।

अन्य

भिडियो