भोलि अर्थात् मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन पूर्व इन्सेकले निर्वाचन पर्यवेक्षण गरेको छ ।
इन्सेक कोशी प्रदेश कार्यालयले ०८१ मङ्सिर १५ गते मोरङको ग्रामथान गाउँपालिका, सुनसरीको गढी गाउँपालिका, तेहृथुमको लालीगुराँस नगरपालिका, झापाको कन्काई नगरपालिका, ओखलढुङ्गाको मोलुङ गाउँपालिका, ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-३ मा इन्सेकले निर्वाचन पूर्वको अवस्थाका बारेमा निर्वाचन पर्यवेक्षण गरेको हो ।
मतदानस्थल र मतदान केन्द्रको निर्माण, सुरक्षा व्यवस्था, निर्वाचन तयारी, मौन अवधिको पालनालगायका विषयमा इन्सेकले निर्वाचन पूर्व पर्यवक्षेण गरेको हो ।
निर्वाचन आयोगले मतदातालाई मत प्रदानका लागि पहुँचयुक्त मतदान केन्द्र निर्माणका दिएको निर्देशन पालना भएको नभएको बारेमा पनि इन्सेक निर्वाचन पूर्वको पर्यवेक्षणका क्रममा स्थलगत अनुगमन गरेको छ ।
गर्भवती महिला, अशक्त, बिरामी, ज्येष्ठ नागरिक, किरियापुत्री, सुत्केरी र अपाङ्गता भएका मतदातालाई सहजतापूर्वक मतदान केन्द्रमा पुगी मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगले स्थानीय तहलाई निर्देशन पालना भए नभएको विषयमा इन्सेकले निर्वाचनको पूर्व सन्ध्यामा पर्यवेक्षण गरेको छ । इन्सेकले निर्वाचनको पूर्व गरेको पर्यवेक्षणमा आयोगको निर्देशन बमोजिम मतदानस्थल र मतदान केन्द्र निर्माण गरिएको पाइएको छ ।
इन्सेक कोशी प्रदेश कार्यालयले मोरङको ग्रामथान गाउँपालिकामा निर्वाचनको पूर्व सन्ध्यमा निर्वाचन पर्यवेक्षण गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारी र मोरङ प्रतिनिधिले निर्वाचनको पूर्व सन्ध्यामा निर्वाचन पर्यवक्षेण गर्नु भएको हो ।
निर्वाचन हुने अघिल्लो दिन गरिएको पर्यवेक्षणका क्रममा ग्रामथान गाउँपालिकामा निर्वाचन आयोगले दिएको निर्देशन बमोजिम मतदानस्थल र मतदान केन्द्र निर्माण गरिएको पाइएको छ । मौन अवधि सुरूआत भएसँगै मतदानस्थल आसपासबाट निर्वाचन सामग्री नेपाल प्रहरीले हटाएको निर्वाचन पूर्वको पर्यवेक्षणका क्रममा पाइएको छ ।
मोरङको ग्रामथान गाउँपालिकामा गाउँपालिका अध्यक्षका लागि निर्वाचनका लागि सम्पूर्ण तयारी सकिएको र गाउँपालिकाका केन्द्रमा मतगणनास्थल समेत निर्माण सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रामराज पौडेलले बताउनु भयो ।
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि ग्रामथान गाउँपालिकामा नेपाली सेनासहित सुरक्षाका निकायलाई तैनाथी गरिएको छ । पाँच ओटा मतदान केन्द्र रहेको श्रीदेवी माध्यमिक विद्यालय, ग्रामथान गाउँपालिका-५ मा गर्भवती महिला, अशक्त, बिरामी, ज्येष्ठ नागरिक, किरियापुत्री, सुत्केरी र अपाङ्गता भएका मतदातालाई सहजतापूर्वक मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन पूर्वको पर्यवेक्षणका क्रममा पाइएको छ ।
कोशी प्रदेशको मोरङको ग्रामथान गाउँपालिकामा गाउँपालिका अध्यक्ष पदका लागि, ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-३ मा वडाध्यक्ष पदका लागि, झापाको कन्काई नगरपालिका-६ मा वडाध्यक्ष पदका लागि, तेहृथुमको लालीगुराँस नगरपालिका-८ मा वडाध्यक्ष पदका लागि, सुनसरीको गढी गाउँपालिका-६ मा वडाध्यक्ष पदका लागि, ओखलढुङ्गाको मोलुङ गाउँपालिका-५ मा वडाध्यक्ष पदका लागि र उदयपुरको त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि भोली अर्थात मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन हुँदैछ ।
इन्सेक जिल्ला प्रतिनिधि एवम् निर्वाचन पर्यवेक्षक सुरेश खत्रीले तेहृथुमको लालीगुराँस नगरपालिका-८ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनको मङ्सिर १५ गते निर्वाचन पूर्वको अवस्थाका बारेमा निर्वाचन पर्यवेक्षण गर्नु भएको छ । पर्यवेक्षणका क्रममा निर्वाचन आयोगको निर्देशन बमोजिम मतदानस्थल निर्माण गरिएको पाइएको छ । निर्वाचनका लागि १ हजार ५ सय ५६ थान मतपत्र निर्वाचन आयोगले पठाएको छ । लालीगुराँस नगरपालिका-८ मा ७ सय ५० जना पुरूष र ७ सय ३१ जना महिला गरी १ हजार ४ सय ८१ जना मतदाताले मतदान गर्ने मुख्य निर्वाचन अधिकृत भीमबहादुर निरौलाले बताउनु भयो । निर्वाचनका लागि लालीगुराँस नगरपालिका-८ मा एक ओटा मतदानस्थलमा दुई ओटा मतदान केन्द्र तोकिएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि एवम् निर्वाचन पर्यवेक्षक सरस्वती बानियाले ओखलढुङ्गाको मोलुङ गाउँपालिका-५ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनको मङ्सिर १५ गते निर्वाचन पूर्वको अवस्थाका बारेमा निर्वाचन पर्यवेक्षण गर्नु भएको छ । पर्यवेक्षणका क्रममा निर्वाचन आयोगको निर्देशन बमोजिम मतदानस्थल निर्माण गरिएको पाइएको छ । मोलुङ गाउँपालिका-५ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि १ हजार ३ सय ९२ थान मतपत्र निर्वाचन आयोगले पठाएको छ । मोलुङ गाउँपालिका-५ मा ६ सय ६६ जना पुरूष र ६ सय ५९ जना महिला गरी १ हजार ३ सय २५ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मङ्सिर १६ गते हुने निर्वाचनका लागि मोलुङ गाउँपालिका-५ मा एक ओटा मतदानस्थलमा दुई ओटा मतदान केन्द्र तोकिएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि एवम् निर्वाचन पर्यवेक्षक नरेश खातीले झापाको कन्काई नगरपालिका-६ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनको मङ्सिर १५ गते निर्वाचन पूर्वको अवस्थाका बारेमा निर्वाचन पर्यवेक्षण गर्नु भएको छ । पर्यवेक्षणका क्रममा निर्वाचन आयोगको निर्देशन बमोजिम मतदानस्थल निर्माण गरिएको पाइएको छ । कन्काई नगरपालिका-६ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि २ हजार १ सय ६१ थान मतपत्र निर्वाचन आयोगले पठाएको छ । कन्काई नगरपालिका-६ मा १ हजार जना पुरूष र १ हजार ५८ जना महिला गरी २ हजार ५८ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मङ्सिर १६ गते हुने निर्वाचनका लागि कन्काई नगरपालिका-६ मा एक ओटा मतदानस्थलमा दुई ओटा मतदान केन्द्र तोकिएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि एवम् निर्वाचन पर्यवेक्षक जयकृष्ण यादवले सुनसरीको गढी गाउँपालिका-६ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनको मङ्सिर १५ गते निर्वाचन पूर्वको अवस्थाका बारेमा निर्वाचन पर्यवेक्षण गर्नु भएको छ । पर्यवेक्षणका क्रममा निर्वाचन आयोगको निर्देशन बमोजिम मतदानस्थल निर्माण गरिएको पाइएको छ । गढी गाउँपालिका-६ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि ३ हजार ८ सय ३ थान मतपत्र निर्वाचन आयोगले पठाएको छ । गढी गाउँपालिका-६ मा १ हजार ८ सय ७३ जना पुरूष र १ हजार ७ सय ४९ जना महिला गरी ३ हजार ६ सय २२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मङ्सिर १६ गते हुने निर्वाचनका लागि गढी गाउँपालिका-६ मा दुई ओटा मतदानस्थलमा पाँच ओटा मतदान केन्द्र तोकिएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि एवम् निर्वाचन पर्यवेक्षक एलिना दियालीका अनुसार ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-३ सिकैचाको वडाध्यक्षका लागि हुने उपनिर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन तीन घेराको सुरक्षा व्यवस्था गरिएको छ । सिकैचाको सरस्वती माध्यमिक विद्यालय कुञ्जारी अति संवेदनशील क्षेत्र र दुर्गा माध्यमिक विद्यालय ओसे संवेदनशील क्षेत्र ठहर्याइएको जानकारी दिनुहुँदै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले १ सय ३५ जना नेपाल प्रहरी, १ सय ५ जना सशस्त्र प्रहरी र ५४ जना नेपाली सेना खटिने बताउनु भयो । प्रजिअ शर्माका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट डिएसपीको मुख्य कमाण्डमा सुरक्षा टोली खटिने तथा मतदान केन्द्रमा इन्स्पेक्टरको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित हुनेछन् ।
मतदानस्थल वरपर रहेका मुख्य तीन नाकाको सुरक्षार्थ तीनै सुरक्षा निकायका जनशक्ति खटिने जानकारी दिनुहुँदै एसपी रवि रावलले निर्वाचनका दिन ८ जना इन्स्पेक्टरको कमाण्डमा सुरक्षा टोली परिचालित हुने बताउनु भयो । कुञ्जारी मतदान स्थलमा १ हजार २६ र ओसे मतदान स्थलमा ५ सय २ मतदाता रहेका छन् ।
मुख्य निर्वाचन अधिकृत तथा ताप्लेजुङ जिल्ला अदालतका न्यायाधीश विकास श्रेष्ठले दुई मतदान केन्द्रमा खटिने मुख्य निर्वाचन अधिकृतसहितका १४ जना कर्मचारी निर्वाचन सामग्रीसहित मतदान केन्द्र पुगसिकेको बताउनु भयो । निर्वाचनको अवधिमा पालना गर्नुपर्ने आचार संहिताको सुक्ष्म निगरानी भइरहेको जानकारी दिनुहँदै उहाँले निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सुरक्षा निकाय, कर्मचारी, राजनितिक दल सबै प्रतिबद्ध रहेको बताउनु भयो । मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि सिरिजङ्गा गाउँपालिका-३ सिकैचामा दुई ओटा मतदानस्थलमा दुई ओटा मतदान केन्द्र तोकिएको छ ।
मोरङ






तेह्रथुम





झापा


ओखलढुङ्गा



सुनसरी


ताप्लेजुङ
