INSEC Online

📅 २०८३ जेष्ठ २१

हातपात घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

नाम्खा गाउँपालिका–३, खगालगाउँ घर भइ सीता एयर हुम्ला स्टेशनका इन्चार्ज ४२ वर्षीय छेपाल दोर्जे लामालाई हातपात गरेको आरोपमा सिमकोट गाउँपालिका–२ का २८ वर्षीय विकास बोहरा, सोही ठाउँका ३० वर्षीय लालु भण्डारी, ३३ वर्षीय सुवास भण्डारी र ३४ वर्षीय तिर्थराज भण्डारी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ मङ्सिर १३ गते उजुरी दिर्ता भएको छ ।

बिरामीलाई टिकट नदिएको भन्दै मङ्सिर १३ गते सिमकोट विमानस्थलको गेटभित्र इन्चार्ज लामालाई हातपात गरेको आरोपमा लामाले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सरोज कडेलले बताउनु भयो ।

हुम्लामा हवाई टिकट पाउन निकै सकस हुने गरेकोले बिरामीका लागि टिकट उपलब्ध गराइदिने भन्दै आफूले इन्चार्जसँग माग गरेपछि उक्त टिकट उपलब्ध नभएकोले सामान्य विवाद हुँदा हातपात भएको इन्स्पेक्टर कडेलले बताउनु भयो ।

अन्य

भिडियो