दुर्गा भगवती गाउँपालिका-४ की २२ वर्षीया हुस्नेयारा खातुन र निजका दई वर्षीय नाबालक छोरा रेहानको हत्या गरी फरार रहेका आरोपित सोही ठाउँका ४८ वर्षीय महमद जनिफलाई ०८१ मङ्सिर ११ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितले ०७७ वैशाख ११ गते राति आठ बजे पीडित आमा र छोराको हत्या गरी दनदनी बलिरहेको मुसुरोको भुसको आगोमा फालि फरार भएको भन्दै मृतक खातुनका पति समरुद्दिन मियाँले सोही दिन जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दिनुभएको थियो ।
चार वर्ष ६ महिनादेखि फरार रहेका आरोपितलाई दुर्गा भगवती गाउँपालिकाको पिपरा भनिने ठाउँबाट लुकिछिपि बसिरहेको अवस्थामा प्रहरिले मङ्सिर ११ गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक कुमार रायले जानकारी दिनुभयो ।