१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोटेकोशी गाउँपालिका-१ का ४२ वर्षीय रुम्बे माइला भन्ने सुकराम तमाङलाई मङ्सिर १० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर ९ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ९ गते प्राथामिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा भयो ।