दुल्लू नगरपालिका–१३, मालिकाको खडिकाधाराका ५६ वर्षीय कर्णबहादुर कामीको ‘बोक्सी’ भन्दै हँसिया प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका ४३ वर्षीय भुवनसिंह विकलाई प्रहरीले ०८१ मङ्सिर ६ गते गिरफ्तार गरेको छ ।
धामी समेत रहेको कर्णबहादुरलाई ‘बोक्सी’ लगाई बिरामी पारेको भन्दै मङ्सिर ५ गते साँझ आरोपितले हँसिया प्रहार गरी हत्या गरेको भन्दै पीडित पक्षले मङ्सिर ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । घटनाका आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् इन्स्पेक्टर लालबहादुर सुनारले बताउनु भयो ।
शवको पोष्टमार्टम मङ्सिर ६ गते दुल्लू अस्पतालमा भयो । पीडित पक्षले मङ्सिर ६ गते शव बुझी सोही दिन दाहसंस्कार गरेका छन् ।