स्थानीय तह उपनिर्वाचन ०८१ अन्तर्गत देशभरको ४२ ओटा स्थानीय तह मध्ये मधेस प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ र रौतहटको इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र गढिमाई नगरपालिका–८ मा रिक्त वडाध्यक्ष पदको लागि ०८१ मङ्सिर २ गते विभिन्न पार्टी तथा स्वतनत्र गरी १ सय २ जना उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गराउनु भएको थियो । जसमध्ये, मङ्सिर ५ गते डाक्नेश्वरी नगरपालिका वडा नं. १ बाट वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको स्वतन्त्र उम्मेदवार सियाकान्त चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । त्यस्तै, धनुषाधाम नगरपालिका–१ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार गोपी शाह सुँडीले नेकपा माओवादीका वडा अध्यक्षका उम्मेदवार सुनिल कुमार केबटलाई समर्थन गर्नुभयो । रामगोपालपुर नगरपालिका–२ को वडा अध्यक्ष पदको लागि उम्मेदवारी दिनुभएका जनमतबाट ललिन्द्र कुमार साह र स्वतन्त्रबाट बिबलेन्द्र कुमार यादवले आफ्ने उम्मेदवारी फिर्ता लिनु भयो । राजपुर नगरपालिका–६ को रिक्त वडाध्यक्ष पदको लागि मनोनयनपत्र दर्ता गराउनु भएका जनता समाजबादी पार्टी नेपालबाट एकलाख र स्वतन्त्र उम्मेदवार शेख कलिमुल्लाह, इशनाथ नगरपालिका–७ मा वडाध्यक्ष पदमा मनोनयनपत्र दर्ता गराउनु भएको माओवादी केन्द्रका शेख अमिरुलले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
इन्सेक सप्तरीका अनुसार आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि डाक्नेश्वरी नगरपालिकाको रिक्त रहेको वडा नम्बर १ को वडा अध्यक्ष पदका लागि दुई स्वतन्त्रसहित नौ जना र वडा नम्बर ४ मा आठ जना राजनीतिक दलले मङ्सिर २ गते मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, सप्तरीले जानकारी दिनुभयो । जसमध्ये डाक्नेश्वरी नगरपालिका वडा नं. १ बाट वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएका स्वतन्त्र उम्मेदवार सियाकान्त चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
नेपाली कांग्रेसबाट वडा नम्बर १ को वडा अध्यक्ष पदमा भुलिया देवी थरुनी र वडा नम्बर ४ को वडा अध्यक्ष पदमा जोगिन्द्र राय अमात नेकपा (एमाले) बाट वडा नम्बर १ को वडा अध्यक्ष पदमा भगवानी साह र वडा नम्बर ४ को वडा अध्यक्ष पदमा संजयकुमार यादवले मनोनयन दर्ता गराएका छन् ।
यसैगरी नेकपा (माओवादी) केन्द्र बाट वडा नम्बर १ को अध्यक्ष पदमा प्रमोद कुमार संत र वडा नम्बर ४ को वडा अध्यक्ष पदमा भागवत राम, जसपा नेपालबाट वडा नम्बर १ को अध्यक्षमा धिरेन्द्र कुमार साह र वडा नम्बर ४ को अध्यक्ष पदमा देबेन्द्र प्रसाद यादवले मनोनयन दर्ता गराएका छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट वडा नम्बर १ को वडा अध्यक्ष पदमा अनरुद्वप्रसाद चौधरी र वडा नम्बर ४ को अध्यक्ष पदमा शिवकुमार रामले मनोनयन दर्ता गराएका छन् ।
यसैगरी जनमत पार्टीबाट वडा नम्बर १ को वडा अध्यक्ष पदमा शैलेन्द्र कुमार साह (तेली) र वडा नम्बर ४ को वडा अध्यक्ष पदमा उदय नारायण पण्डित, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सतिशकुमार चौधरी थारु र रामकुमार यादव, स्वतन्त्रबाट वडा नम्बर १ मा सुशिल साह, जनता समाजवादी पार्टीबाट वडा नम्बर ४ मा रबिन्द्र रायको उम्मेदवारी रहेको छ ।
इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोषकुमार यादवका अनुसार धनुषाधाम नगरपालिका–१ मा रिक्त रहेको वडाध्यक्ष पदका लागि विभिन्न पार्टीका २० जनाले मनोनयनपत्र दर्ता गराउनुभएको थियो । मङ्सिर १६ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र नेकपा माओवादीबीच गठबन्धन भएको छ । नेकपा एकीकृत समाजवादीका उम्मेदवार गोपी शाह सुँडीले नेकपा माओवादीका वडा अध्यक्षका उम्मेदवार सुनिल कुमार केबटलाई समर्थन गर्नुभयो । उम्मेदवारहरूविरुद्ध उजुरीको नआएको निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो ।
इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि ममता विश्वकर्माका अनुसार रामगोपालपुर नगरपालिका–२ को वडा अध्यक्ष पदको लागि ०८१ मङ्सिर २ गते भएको मनोनयन दर्ताको क्रममा २० जनाले उम्मेदवारी दर्ता गराएकोमा मङ्सिर ५ गते दुई जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारि दिनु भयो ।
रामगोपालपुर नगरपालिका–२ को वडा अध्यक्ष पदको लागि उम्मेदवारी दिनुभएका जनमतबाट ललिन्द्र कुमार साह र स्वतन्त्रबाट बिबलेन्द्र कुमार यादवले आफ्ने उम्मेदवारी फिर्ता लिनुभयो ।
वडा अध्यक्ष पदको लागि नेकपा माओवादी केन्द्रबाट आइतीकुमारी यादव (गोलाकार भित्र हसिया हथौड़ा), नेपाली कांग्रेसबाट मोहम्मद जनिफ खाँ (रुख), एमालेबाट (सूर्य) सकिवुल खाँ, राप्रपाबाट (हलो) मो. मनान खाँ, जसपा नेपालबाट (ढलकेको छाता) मो. नजामुद्दिन खान, राजपा नेपालबाट राजेश कुमार यादव, रास्वपा (घण्टी) बाट खुरशेद खां, स्वतन्त्रबाट अशोक कुमार यादव (ग्यास सिलिंडर), गंगा प्रसाद यादव (लसुन), धीरेन्द्र प्रसाद यादव (तिलहरी), नजामुद्दीन खां (हात मिलाएको), मुकेश्वर ठाकुर (चापाकल), मोहम्मद अरमान रजा खां (हाते पंखा), मोहम्मद इमामुद्दीन खां (चील), राकेश कुमार यादव (जातो), राजदेब यादव (सिरिंज), राम औतार यादव (अर्ना), विजय कुमार सिंहको (क्यारम बोर्ड) उम्मेदवारी कायम नै रहेको जिल्ला निर्वाचन कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रामगोपालपुर नगरपालिका–२ मा जम्मा मतदात संख्या २ हजार १४ सय १ रहेको छ । जसमध्ये पुरुष १ हजार २ सय १ र महिला ९ सय ४० रहेको छ । वडामा मतदान स्थल नेपाल राष्ट्रीय जनता आधारभूत विद्यालय,मोहनपुर रहने छ भने मतदान केन्द्र दुई ओटा रहेको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिनुभयो ।
इन्सेक रौतहट जिल्ला प्रतिनिधि गौरी न्यौपानेका अनुसार मङ्सिर १६ गते हुने उप निर्वाचनका लागि रौतहटको इशनाथ नगरपालिका–७ को रिक्त वडाध्यक्ष पदको लागि १५ जना, राजपुर नगरपालिका–६ को वडाध्यक्ष पदको लागि १४ जना र गढिमाई नगरपालिका–८ को वडाध्यक्ष पदको लागि १६ जना गरी जम्मा ४५ जनाले मङ्सिर २ गते मनोनयनपत्र दर्ता गराएकोमा मङ्सिर ५ गते तीन जना उम्मेदवाहरूले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
इशनाथ नगरपालिका–७ को रिक्त वडाध्यक्ष पदको लागि शेख नेपाली कांग्रसबाट अब्दुल खलिक, स्वतन्त्रबाट शेख अमानुलाह, शेख नजिरुल, शेख शकिल, शेख अन्जर हुसेन, शेख जलालुदिन, शेख अबुजैर, सफदार इमाम, रास्वपाबाट शेख असराज, माओवादी केन्द्रबाट शेख अमिरुल, जनमत पार्टीबाट शेख जमिरुल हक, जनता समाजबादी पार्टी नेपालबाट शेख अब्दुल अहद, नेकपा एमालेबाट शेख अनाबार, राप्रपबाट मदन साह, नेकपा एसबाट सदरे आलमले मनोनयनपत्र दर्ता गराउनु भएको थियो ।
राजपुर नगरपालिका–६ को रिक्त अध्यक्ष पदको लागि जनता समाजबादि पार्टीबाट एकलाख, जनमत पार्टीबाट क्यामुदिन धुनिया, माओवादी केन्द्रबाट जिकरुलाह, स्वतन्त्रबाट नजमा खातुन, शेख कलिमुल्लाह, शेख मोहमद मुस्ताक अहमद, शेख रेयज, सफिउल्लाह, सहिद प्रब्व्ज मन्सुरी, नेकपा एमालेबाट मोहम्मद नसिम अख्तर, राप्रपाबाट रामनारायण प्रसाद जयसवाल र नेपाली कांगे्रसबाट समसे आलमले मनोनयनपत्र दर्ता गराउनु भएको थियो ।
गढिमाई नगरपालिका–८ को रिक्त रहेको वडाध्यक्ष पदको लागि स्वतन्त्रबाट अनिल कुमार यादब, दिनेश राय यादब, नारेन्द्र ठाकुर, रामबिधार्य प्रसाद जैसवाल, रामबिश्वास राय यादब, रामसागर राय यादब, रामसिग राय यादब, श्रीश्याम प्रसाद यादब,नेकपा एमालेबाट जिउति देबि यादव, नेकपा एसबाट बजरङ्गी प्रसाद, राप्रपाबाट रामबालक साह, जनता समाजबादि पार्टीबाटसन्देश प्रसाद यादब, राष्ट्रिय मातृभूमि नेपालबाट साहेबलाल राउत, जनमत पार्टीबाट सुरेन्द्र राउत कुर्मी र नेपाली कांग्रसबाट सुबोध कुमार यादबले उम्मेदवारी दर्ता गराउनु भएको थियो ।
राजपुर नगरपालिका–६ को रिक्त वडाध्यक्ष पदको लागि मनोनयनपत्र दर्ता गराउनु भएका जनता समाजबादी पार्टी नेपालबाट एकलाख र स्वतन्त्र उम्मेदवार शेख कलिमुल्लाहले उम्मेदवारी फिर्ता लिनुभएको छ । त्यसैगरी, इशनाथ नगरपालिका–७ मा १५ जनाले मनोनयनपत्र दर्ता गराउनु भएकोमा माओवादी केन्द्रका शेख अमिरुलले उम्मेदवारी फिर्ता लिनुभएको छ भने गढिमाइ नगरपालिकामा रिक्त वडाध्यक्ष पदको लागि १६ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
उपनिर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन पछि उम्मेदवारलाई मङ्सिर ५ गते नै निर्वाचन चिह्नसमेत प्रदान गरिएको छ । मतदान भने मङ्सिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।