INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा क्षिरेश्वरनाथ नगरपालिका-१० का २३ वर्षीय प्रेम कुमार मण्डलविरुद्ध इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ०८१ मङ्सिर ४ गते पीडित पक्षले उजुरी दिनुभएको छ।

पीडित पक्षका अनुसार मङ्सिर ३ गते पीडित खेतमा एक्लै धान काटिरहेको मौका छोपी आरोपितले पीडितलाई पछाडिबाट मुखमा कपडाले बाँधी बलात्कार गरेका हुन् ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ४ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भयो।

आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर सोनु शाहले जानकारी दिनुभयो।

अन्य

भिडियो