अपाङ्गता हुनुभएकी ३६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले नेपालगञ्ज उपमहानगरपालिका-२० का १८ वर्षीय सागर अधिकारीलाई जन्म कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश चन्द्र प्रकाश तिवारीको ०८१ मङ्सिर २ गतेको इजलासले कसुर ठहर गर्दै जन्म कैद सजाय, ६ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सुरेश मल्लले जानकारी दिनुभयो ।
पीडित महिलालाई ०७९ जेठ २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ५ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएको थियो । अधिकारीलाई प्रहरीले असार ४ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण असार ४ गते नेपालगञ्जस्थित भेरी अस्पतालमा भएको थियो ।