कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्य(सुनिता)को कार्य कक्षमा वडा नम्बर ३ का वडाध्यक्ष सुविन्द्र महर्जनले कात्तिक ३० गते शुक्रबारर तोडफोड गर्नु भएको आरोप छ ।
वडा नम्बर ३ का वडाध्यक्ष महर्जनले शुक्रबार दिउँसो कार्यवाहक उपमेयरको कार्यकक्षमा तोडफोड गर्नु भएको कार्यवाहाक मेयर शाक्यको आरोप छ ।
कर्मचारीहरुले वडाको काममा ढिलासुस्ती गरिदिएको गुनासोसहित महर्जन उपमेयरको कार्यकक्षमा प्रमुख प्रशाकीय अधिकृतको पर्खाइमा बस्नु भएको थियो ।
सोही दिन प्रमुख प्रशासकीय अधिकृत आन्तरिक बैठकमा उपस्थित हुनुभएको थियो । साढे १ घण्टा पर्खेपछि वडाध्यक्ष महर्जनले उपमेयरको टेबलमा लात्ति प्रहार गरी शिशा फुटाएको सूचना अधिकारी प्रकेशचन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।
कार्यवाहक उपमेयर शाक्यले प्रमुख प्रशासकीय अधिकृत विभागीय प्रमुखहरुको बैठकमा उपस्थित भएकाले काम गर्न ढिला भएको भन्दै उहाँले आक्रोश व्यक्त गर्दै कार्यकक्षमा आएर तोडफोड गरेको मेयर शुभलक्ष्मी शाक्यले बताउनु भयो ।
‘विभागीय बैठककै समयमा वडा नम्बर ३ का वडाअध्यक्षले विभिन्न मागहरु लिएर आउनुभएको थियो । त्यो बेला उहाँले समय नपाएपछि रिसाएर मेरो सचिवालयमा पस्नु भयो । म जनप्रतिनिधिसँगै भएको बेला उहाँले प्रमुख प्रशासकीय अधिकृतले समय नदिएको भन्दै टेबुल फुटाउनु भयो ।’-उहाँले भन्नु भयो ।
सोबारे सचिवालयबाट विज्ञप्ति जारी गरेको र उजुरीसम्बन्धी जानकारी नभएको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो ।