INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रचार टोलीलाई लक्षित गरी अज्ञात समूहद्वारा विष्फोट

बेनी नगरपालिका-१ रत्नेचौरमा कात्तिक २८ गते दिउँसो नेपाली काङ्ग्रेसको चुनाव प्रचार टोलीलाई लक्षित गरी अज्ञात समूहले विष्फोट गराएको नेपाली काङ्ग्रेसले जनाएको छ ।

नेपाली काङ्ग्रेसका निवर्तमान सांसद एवम् निवर्तमान सभापति रेशम बानियाँका अनुसार चुनाव प्रचारको टोली चढेको गाडीको अगाडि विष्फोट भएको थियो । बानियाँ भन्छन्-‘केही सेकेण्डको दुरीले गर्दा हामी बाँच्यौं । नत्र के हुन्थ्यो ? थाहा छैन ।’

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी बसुन्धरा खड्काका अनुसार दिउँसो २ बजे तिर अज्ञात समूहले विष्फोट गराएको हो ।

चुनावी प्रचारका लागि काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार एवम् काङ्ग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजालगायतको टोलीलाई लक्षित गरी बम विष्फोट गराइएको हो । बम विष्फोट हुँदा गाडीमा सामान्य क्षति पुगेको जनाइएको छ ।

‘रत्नेचौरमा प्रहरी युनिट र भकुण्डेमा सशस्त्र प्रहरी क्याम्प छ । घटना लगत्तै हामीले सुरक्षा जनशक्ति बढाएका छौँ ।’-उनले भनिन्-‘कुन समूहले विष्फोट गरायो भन्ने खुलेको छैन ।’

अन्य

भिडियो