अपाङ्गता हुनुभएकी ३४ वर्षीया महिला बलात्कार गरेको आरोपमा प्रहरीले सिलिचोङ गाउँपालिका-३ का ५४ वर्षीय शुक्रबहादुर राईलाई मङ्सिर १ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०८१ कात्तिक २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद जिल्ला प्रहरी कार्यालयमा कात्तिक २७ गते उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घर नजिकैको गाउँबाट ०८१ मङ्सिर १ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर १ गते गरिएको छ ।