नेचा बेदघारी लिफ्टीङ खानेपानी आयोजनाको मुहानमा निर्माण भइरहेको ईनार बाढीले पुरेपछि खानेपानी आपूर्ति ठप्प हुँदा ९ सय घरधुरीका परिवार प्रभावित भएका छन् ।
असार २६ गते बेलुका आएको बाढीले आयोजनाका लागि तुर्पु खोलामा निर्माण भइरहेको करिब ३ फिट उचाइको ईनार पुरिदा नेचा सल्यान गाउँपालिका–४ का ९ सय घरधुरीका परिवार प्रभावित भएको स्थानीय राजिब शर्माले बताउनुभयो ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना खोटाङका अनुसार ९ सय घरपरिवार प्रभावित हुनुका साथै ८ लाख रुपियाँ बराबरको नोक्सान भएको छ । आयोजनाको कुल लागत २१ करोड ३० लाख ३८ हजार ५ सय २१ रुपियाँको रहेको आयोजनाका ईन्जिनियर रामबिक्रम दाहालले बताउनु भयो ।
बस्तीमा पानीको व्यवस्था नहुँदा सरसफाइ गर्न, वस्तु भाउलाई खुवाउन समेत समस्या भएको वडा नम्बर ४ का वडा अध्यक्ष इन्द्रबहादुर राईले जानकारी दिनुभयो । सानासाना पानीका श्रोतले पर्याप्त पानीको व्यवस्थापन हुन नसकेर बस्तीमा खानेपानीको समस्या भएपछि सबै घरधुरीलाई खानेपानी आपूर्ति गर्ने लक्ष्यका साथ लिफ्ट खानेपानी आयोजना सञ्चालन गर्न लागिएकोमा बाढीले क्षतिग्रस्त पारेपछि समस्या भएको वडा अध्यक्ष राईले बताउनुभयो ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि