INSEC Online

📅 २०८३ जेष्ठ २१

व्यवसाय र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कात्तिक ३० गते काठमाडौँमा व्यवसाय र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डीसीएसँगको सहकार्यमा इन्सेकले गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसाय र मानव अधिकार विषयक कार्यपत्र प्रस्तुत गर्दै श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव गगनसिंह विष्टले आगामी आर्थिक वर्षदेखि नीति तथा कार्यक्रममा नै व्यवसाय र मानव अधिकारका विषय समावेश गरेर राष्ट्रिय कार्ययोजना कार्यान्वयन गरिने बताउनु भयो । व्यवसाय र मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मार्गदर्शक सिद्धान्त कार्यान्वयन कार्ययोजना निर्माण गरिएकोले मार्गदर्शक सिद्धान्त विषयलाई मुख्यरुपमा कार्ययोजनामा समेटिएको उहाँले जानकारी दिनु भयो ।

Photo20241115 Kathmandu

उहाँले भन्नु भयो- ‘संवैधानिक तथा कानुनी व्यवस्थादीर्घकालीन र आवधिक योजना समावेश भएका विषयमानेपालले अनुमोदन गरेका मानव अधिकारसम्बन्धी महासन्धिअन्तर्राष्ट्रिय श्रम सङ्गठनका सन्धिनेपाल सरकारका राष्ट्रिय र क्षेत्रगत नीतिहरुमानव अधिकारसम्बन्धी दिगो विकास लक्ष्य तथा विकासशील राष्ट्रमा स्तरोन्नतिसँग सम्बन्धित क्रियाकलापहरु कार्ययोजनामा समावेश भएका छन् ।

Photo20241115 program Kathmandu (4)

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले मानव अधिकारको संरक्षणप्रवर्धन र परिपूर्तिका लागि निजी क्षेत्रको महत्वबारे पछिल्ला दिनहरूमा भएका चर्चाले निश्कर्ष निकाल्ने अपेक्षा गर्नु भयो । उहाँले मानव अधिकारको सुनिश्चितताका लागि राज्यजस्तै निजी क्षेत्र पनि उत्तिकै जिम्मेवार हुने बताउनु भयो ।

Photo20241115 program Kathmandu (3)

यूएनडीपीका कार्यक्रम संयोजक बसन्त अधिकारीले पुँजीको परिचालनसँगै मानव अधिकारका स–साना जस्ता लाग्ने विषयको संरक्षणले समग्र मानव अधिकारको उपभोगको वातावरण बन्ने बताउनु भयो ।

Photo20241115 program Kathmandu (2)

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले मानव अधिकारको आयामहरूमध्ये व्यवसाय र मानव अधिकार पनि एक आयाम भएकाले यस सम्बन्धमा यथेष्ट सचेतनाको आवश्यकता रहेको औँल्याउनु भयो । यस्तो कार्ययोजना कार्यान्वयनका लागि स्पष्ट योजना र दृढ इच्छाशक्ति चाहिने उहाँले बताउनु भयो ।

कार्यक्रममा अधिकारकर्मी नरेन खतिवडाले व्यवसाय र मानव अधिकारको कार्ययोजना तथा नीतिहरू तर्जुमा गर्दा त्यसबाट पर्ने बहुआयामिक पक्षको विश्लेषण गर्नु पर्ने बताउनु भयो ।

Photo20241115 program Kathmandu (1)

कार्यक्रममा विकासको अधिकार, श्रमिकको अधिकार, उपभोक्ताको अधिकार, महिला तथा बालबालिकाको अधिकार, वैदेशिक रोजगारीमा रहेका कामदारको अधिकार, वातावरणीय तथा आदिवासी जनजातिको अधिकार, लैंगिक समानता तथा जातीय भेदभावविरूद्धको अधिकार र अल्पसंख्यक समुदायको अधिकारसँग सम्बन्धित विषयहरूलाई सरकार र नीजि क्षेत्रका व्यवसायीहरुले नीति बनाएरै अघी बढ्नु पर्ने कार्यक्रमका सहभागीहरुले औँल्याए ।

अन्य

भिडियो