बर्दघाट नगरपालिका-४, बर्दघाटका ८० वर्षीय बुबा थमनबहादुर माझीलाई दुर्व्यवहार गरेको आरोपमा ४५ वर्षीय देवबहादुर माझीलाई प्रहरीले ०८१ कात्तिक ३० गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले आमा मृत्युपछि आमाको नाममा रहेको १ लाख ५० हजार रुपियाँ आफूले लिइ सो रकमबाट बुबाको स्वास्थ्य उपचार गर्ने बाचा गरे तापनि सो नगरी आफूलाई आँखा र कानसँग सम्बन्धित स्वास्थ्य समस्या आउँदा वेवास्ता गरेको पीडितको आरोप छ । बाबु माझीलाई सोही विषयमा पटक पटक मानसिक यातना दिएको र दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक १९ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको थियो ।
घटनाका आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान सुरु गरेको इन्स्पेक्टर दिपेन्द्र बार्नीयाले बताउनु भयो ।