INSEC Online

📅 २०८३ जेष्ठ २१

चुनाव प्रचारमा रहेका एमाले नेता शेरधन राई चढेको गाडीमा बम प्रहार

पूर्व सूचना तथा सञ्चार मन्त्री तथा भोजपुर प्रदेश नम्बर ख का उम्मेदवार शेरधन राई चढेको बा १५ ज ५६०८ नम्बरको ल्याण्डलोभर गाडीमा बम प्रहार भएको छ । उनी नेकपा एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य समेत हुन् ।

Photo20171114Bhojpur

भोजपुर सदरमुकामबाट टेम्केमैयुङ गाउँपालिका-८ स्थित गोगनेको चुनावी सभामा जाँदै गर्दा पौने १० बजेको समयमा टेम्केमैयूङ गाउँपालिका-६ स्थित कोटको सिक्तेल खोलामा राईलाई लक्षित गरी बम प्रहार गरिएको थियो । घटनामा राई सुरक्षित रहेका र उनका सुरक्षा गार्ड असई डिल्ली देवकोटाको दाहिने हातमा गोली लागेर घाइते भएको एमालेका जिल्ला सचिव शरणकुमार राईले बताए ।

Photo20171114Bhojpur1

बम विष्फोटबाट राई चढेको ल्याण्डलोभर गाडीमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय, भोजपुरले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले पूर्वमन्त्री तथा उम्मेदवार राईमाथि लक्षित गरि आक्रमण गरेको सुरक्षाकर्मीको टोली घटनास्थलतर्फगएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ । घटनाका आरोपितहरूको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक गीतनारायण चौधरीले बताए । यसअघि माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा र वर्षमान पुनमाथि पनि बम आक्रमण गरिएको थियो।

Photo20171114Bhojpur2

सबै फोटोः मकर खड्का

अन्य

भिडियो