छोरी र दुई नातिनीको हत्या गरेको घटनाका आरोपित रोल्पा नपा-७ घापाका ४० वर्षीय लिलबहादुर पुनमगरलाई प्रहरीले कात्तिक २५ गते गिरफ्तार गरेको छ ।
लिलबहादुरले २५ वर्षीया छोरी पेवामती केसी र नातिनीद्वय दुई वर्षीया दिया केसी र एक वर्षीया मिया केसीलाई कात्तिक २४ गते बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
पुनमगरले बेलुकी खाना खाएर सुत्ने क्रममा छोरी र नातिनीलाई बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर सुदर्शन पन्थीले जानकारी दिए ।
मृतक सबैको पोष्टमार्टम जिल्ला अस्पताल रेउघामा कात्तिक २५ गते भयो । मृतक पेवामतिका पति लोकेश केसी वैदेशिक रोजगारीमा रहेका छन् ।