INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

२९ वर्षीया महिलालाई निजका ३२ वर्षीय पति र २८ वर्षीय देवरले ०८१ कात्तिक २७ गते अश्लिल भिडियो बनाउन भन्दै कुटपिट गरेको आरोपमा पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र गरुडामा उजुरी दिनुभएको छ ।

अश्लिल भिडियो बनाउन नमानेको भन्दै आरोपीत पति र देवरले आफूलाई कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिएको पीडित महिलाले बताउनु भयो ।

कुटपिटबाट घाइते भएकी पीडित महिलालाई उपचारको लागि कात्तिक २७ गते प्रादेशिक अस्पताल गौरमा लगिएको पीडितको मइत पक्षले जानकारी दिनुभयो ।

घटनापश्चात आरोपित पति र देवरलाई कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गर्‍यो ।

अन्य

भिडियो