INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रम्भा गाउँपालिका–४ का ७५ वर्षीय पदमबहादुर खनाललाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको ०८१ कात्तिक २७ गतेको इजलासले खनाललाई १८ वर्ष कैद सजाय र ७ लाख रुपियाँ जरिबाना भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार केशव पराजुलीले बताउनु भयो ।

खनालले पीडितलाई ०८० चैत ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । खनाललाई प्रहरीले वैशाख १८ गते नै गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण वैशाख १८ गते पाल्पा अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो