INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा बर्दिया जिल्ला अदालतले गेरुवा गाउँपालिका–३ का २५ वर्षीय बाबुराम सोनाहालाई नौ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ कात्तिक २६ गतेको इजालसले नौ वर्ष कैद सजाय, ५० हजार रुपियाँ क्षतिपूर्ति र १८ सय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनुभयो ।

युवतीलाई ०७५ माघ १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १३ गते इलाका प्रहरी कार्यालय, बानियाँभारमा उजुरी दिएको थियो । सजाय फैसला भएपछि सोनाहा फरार रहेका थिए । पीडितको स्वास्थ्य परीक्षण माघ १३ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।

अन्य

भिडियो