INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितहरू विरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक गरी बलात्कार गरेको आरोपमा शिवराज नगरपालिका–८, पकडीका ४९ वर्षीय चिङगुद बढई, सोही ठाउँका २० वर्षीय अफजल बढई र १८ वर्षीया हसिना खातुन विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ कात्तिक १८ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितहरूले कात्तिक ८ गतेदेखि अपहरण गरी शरीर बन्धक बनाएर बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिएको थियो । पीडितले दिएको उजुरीका आधारमा चिङगुद बढईलाई गिरफ्तार गरिएको र अरु आरोपितहरू विरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मोहनमणी अधिकारीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १७ गते बहादुरगंज अस्पताल, बहादुरगंजमा भयो ।

अन्य

भिडियो