INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायमा नागरिक पहुँचले लोकतन्त्र स्थापितः प्रधानन्यायाधीश

प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायमा नागरिक पहुँचको बृद्धिले लोकतन्त्रलाई थप स्थापित गर्ने बताएका छन् ।

कात्तिक २५ गते घोराहीमा आयोजित एक कार्यक्रममा पराजुलीले सर्वोच्च अदालत न्यायमा नागरिक पहुँच अभिबृद्धिलाई बढाउन कार्ययोजना बनाएर अघि बढेको बताए ।

विकासका काममा हुने गुणस्तरीयता र सुविधासम्पन्न भौतिक संरचनाले नागरिक सेवामा पहुँच अभिबृद्धि गर्ने उनले बताए ।

‘जहाँ विधि हुन्छ । कानुनको पालना हुन्छ । त्यहाँ विकास पनि हुन्छ ।’-प्रधानन्यायाधीस पराजुलीले भने-‘जहाँ विकास हुन्छ त्यहाँ न्याय र सेवामा नागरिक पहुँच बृद्धि हुन्छ । नागरिक पहुँचले समग्रमा लोकतन्त्रलाई स्थापित गर्छ ।’

पछिल्लो अवस्थामा न्यायिक संरचनाहरू अपाङ्गमैत्री, बालमैत्री बनाउन कार्ययोजना नै बनाएर काम गरिरहेको उल्लेख गर्दै पराजुलीले न्यायिक निकायमा जनताको पहुँच अभिबृद्धि हुनेमा जोड दिए ।

उनले न्यायालयलाई नागरिकमैत्री बनाउने र पीडितलाई सर्वसुलभ न्याय उपलव्ध गराउन सर्वोच्च अदालत गम्भीर भएर लागेको बताए ।

अन्य

भिडियो