INSEC Online

📅 २०८३ जेष्ठ २१

इलाका प्रहरी कार्यालयमा आक्रमण घटनाका आरोपित गिरफ्तार

इलाका प्रहरी कार्यालय, विनायकमा कार्यरत असई विरसिंह चैसिरको नेतुत्वमा रहेको प्रहरी टोलीमाथि आक्रमण गरी अस्थायी प्रहरी पोष्ट, विनायकमा ढुङ्गामुडा गरको आरोपमा प्रहरीले बिनायक नगरपालिका–१ का १८ वर्षीय हितेश तिमिल्सेना र सोही नगरपालिका–४ कालिकास्थानका १८ वर्षीय बखत शाहीलाई अछाम प्रहरीले कात्तिक ६ गते गिरफ्तार गरेको छ ।

डयूटीमा रहेका प्रहरी टोलीमाथि हातपात गरी अस्थायी प्रहरी पोष्टमा ढुङ्गामुडा प्रहार गरी फरार रहेका घटनाका आरोपितहरुलाई विनायक बजारबाट गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय, अछामका डिएसपी इश्वरीप्रसाद भण्डारीले बताउनु भयो ।

घटनाका संलग्न विनायक नगरपालिका–४ कालिकास्थानका १९ वर्षीय बिमल शाही, २१ वर्षीय भुपेन्द्र शाही र १९ वर्षीय प्रकाश विक फरार रहेकोले खोजीकार्य भइरहेको डिएसपी भण्डारीले जानकारी दिनु भयो ।

अन्य

भिडियो