काठेखोला गाउँपालिका-४ तङ्ग्रामकी २० वर्षीया अन्जु परियारलाई बञ्चरो प्रहार गरी मार्ने प्रयास गरेको आरोपमा ३० वर्षीय पति हिमाल परियार विरुद्ध जिल्ला अदालत बागलुङमा कात्तिक ७ गते ज्यान मार्ने कसुर उद्योगमा मुद्दा दर्ता गरिएको छ ।
कात्तिक ४ गते घरायासी विवादको क्रममा अन्जुलाई हिमालले घाँटीलगायत शरीरका विभिन्न अङ्गमा बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले आरोपित हिमाललाई कात्तिक ५ गते गाउँमै लुकिछिपी बसेको अवस्थामा फेला पारेको जनाएको छ ।
घाइते अन्जुको उपचार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विजय यादवले जानकारी दिनु भयो ।