INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

वीरेन्द्रनगर नगरपालिका–११ का कर्णाली मिडियाका कार्यकारी सम्पादक २१ वर्षीय जगत सापकोटालाई ०८१ कात्तिक ६ गते कुटपिट गरेको भन्दै वीरेन्द्रनगर नगरपालिका–१, ढोडेखालीका २८ वर्षीय दिपेश गिरी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा कात्तिक ७ गते उजुरी दर्ता भएको छ ।

Photo24102024Surkhet.

जिल्ला प्रहरी कार्यालयका एसपी रुपेश खड्काका अनुसार दिनभरको रिपोर्टिङ पश्चात साथीहरूसँग जुम्लारोडमा रहेको एक होटलमा कफी खाइरहेका आरोपितले विना कारण सिसाको बोत्तल प्रहार गरेपछि सापकोटाको टाउकोमा चोट लागेको थियो । घटना पश्चात आरोपित फरार रहेकोले थप अनुसन्धान गरिरहेको एसपी खड्काले इन्सेकलाई जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ, सुर्खेत शाखाले कात्तिक ८ गते उक्त घटनाको विषयमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाका दोषीलाई तत्काल गिरफ्तार गरी स्वतन्त्र प्रेसको मूल्य मान्यताको सम्मान गर्न प्रहरी प्रशासनलाई ध्यानाकर्षण गरेको छ । घइतेको स्वास्थ्य उपचार कात्तिक ६ गते प्रदेश अस्पताल, सुर्खेतमा भयो ।

अन्य

भिडियो