१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ३४ वर्षीय बुबालाई जन्म कदै सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको कात्तिक ६ गतेको इजालसले कसुर ठहर गर्दै जन्म कैद सजाय, ५० हजार रुपियाँ क्षतिपूर्ति, ७ लाख रुपियाँ जरिबाना र पीडित राहत कोषमा २८ हजार रुपियाँ भराउने फैसला गरेको अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनुभयो ।
बालिकालाई बुबाले ०८० वैशाख १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १४ गते इलाका प्रहरी कार्यालय, बानियाँभारमा उजुरी दिएको थियो । बुबालाई प्रहरीले वैशाख १४ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण वैशाख १४ गते बर्दिया अस्पताल, गुलरियामा भएको थियो ।