३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिपुर नगरपालिका-४ का ३८ वर्षीय संजिव भनिने विवेक यादवविरुद्ध ०८१ कात्तिक ५ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनुभयो ।
पीडितलाई आरोपितले असोज २७ गते बलात्कार प्रयास गरेको भन्दै कात्तिक ५ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिएको पीडित पक्षले बताउनु भयो ।
घटनापछि आरोपित यादव फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर रोमन राज अर्यालले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक ५ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।