INSEC Online

📅 २०८३ जेष्ठ २१

कोशीमा तीन ओटा ऐन संशोधन गर्न अध्यादेश जारी

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ जारी गर्नु भएको छ ।

प्रदेश सरकार मन्त्रीपरिषद्को ०८१ कात्तिक २ गतेको सिफारिस अनुसार प्रदेश प्रमुख खापुङले कात्तिक ४ गते  ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ जारी गर्नु भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

जसमा सङ्कटग्रस्त सहकारी व्यवस्थापनका लागि सहकारी ऐनसँगै तीन ओटा ऐनको  संशोधन समावेश छ ।

सरकारले प्रदेश सहकारी ऐन २०७६, प्रदेश विपद व्यवस्थापन ऐन २०७५ र प्रदेश निजामती सेवा ऐन २०७९ को प्रावधानलाई संशोधन गर्न अध्यादेश रहेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विश्वदीप बेस्राले प्रदेश सरकारले सङ्कटग्रत सहकारीको घोषणा र ती सहकारीको व्यवस्थापनका लागि छुट्टै समिति निर्माणका लागि प्रदेश सहकारी ऐन संशोधन अध्यादेश ल्याएको बताउनु भयो ।

विपद् व्यवस्थापन ऐन २०७५ मा रहेको विपद कोषलाई हटाएर  ‘राहत तथा उद्दार कोष’ र ‘मर्मत तथा पुनर्निर्माण कोष’ बनाइएको छ ।

प्रदेश निजामती सेवा ऐनमाको दफा ८ मा भएको आनुसाङ्गिक मिलाउन उक्त दफा संशोधन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन उपसचिव अन्जनीकुमार घिमिरेले बताउनु भयो ।

प्रदेशसभाको अधिवेशन ०८१ असोज ४ गते अन्त्य गरेको सरकारले एक महिनापछि कात्तिक ४ गते तीन ओटा ऐन संशोधन गर्न  अध्यादेश जारी गरेको हो ।

Photo 202401020 Morang

अन्य

भिडियो