INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकारमाथि रास्वपा कार्यकताद्वारा कुटपिट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी र ठगी मुद्दामा प्रहरीले गिरफ्तार गरेपछि पोखरामा भएको आन्दोलनको रिपोर्टिङ गरिरहेका पत्रकारलाई पार्टी विरोधी भन्दै सो पार्टीका कार्यकर्ताले कुटपिट गरेका पीडित पक्षले आरोप लगाएको छ ।

photo20241021kaski (5)

विरोध प्रदर्शनको रिपोर्टिङ गरिरहेको बेलामा रास्वपाका कार्यकर्ताहरूले ‘हाम्रो पार्टीविरुद्ध समाचार प्रसारण गर्ने यही टेलिभिजन हो’ भन्दै प्रत्यक्ष प्रसारणमा संलग्न प्राइम टिभीका पत्रकार नीरज तामाङ, अनिता घिमिरे र क्यामेरा पर्सन अर्जुन भण्डारीमाथि कुटपिट गरेको पीडित पत्रकारले बताएका छन् ।

रास्वपाका समर्थकहरूले टेलिभिजनको क्यामेरा तोडफोडको प्रयास समेत गरेका थिए ।  नेपाल पत्रकार महासङ्घले नागरिकलाई सुसूचित गराउन सञ्चारकर्ममा खटिरहेका पत्रकारमाथि पार्टीका कार्यकर्ताबाट भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको उल्लेख गरेको छ । ‘यो घटनाले पत्रकारको र नागरिकको संविधानप्रदत्त अधिकारमा हस्तक्षेप भएको महासङ्घको ठहर छ । महासङ्घ घटनाको कडा शब्दमा भर्त्सना गर्दछ ।’-पत्रकार महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख  छ ।

photo20241021kaski (4)

महासङ्घले घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ पत्रकारलाई निर्धक्क र निर्बाध रूपमा सञ्चारकर्ममा जुट्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । कात्तिक ४ गते ११ बजे मात्र प्रदर्शनलाई मध्यनजर गर्दै कास्की जिल्ला प्रशासनले निषेधित क्षेत्र तोकेको थियो ।

photo20241021kaski (1)

उक्त निषधित क्षेत्र समेत रास्वपा कार्यकर्ताले तोडेका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय वरिपरिको चार किलोमिटर क्षेत्रमा प्रदर्शन गर्न नपाइने गरी प्रशासनले निषेधित क्षेत्र घोषणा गरेका छन् । इन्सेकसहितका सङ्घ संस्थाहरुले उक्त आन्दोलनको अनुगमन गरेका थिए ।

photo20241021kaski (1)

अन्य

भिडियो