गुठीचौर गाउँपालिका–५, देपालगाउँकी १८ वर्षीया बिमा खत्रीलाई आत्महत्या गराउन बाध्य गराएको आरोपमा गुठीचौर गाउँपालिका–५, कुम्डीगाउँका २१ वर्षीय राजकुमार भण्डारीलाई
प्रहरीले ०८१ कात्तिक १ गते गिरफ्तार गरेको छ ।
मृतक खत्रीले असोज ३० गते साँझ आफ्नै घरको कोठामा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदीलाल कामतिले बताउनु भयो । दुई वर्षदेखि प्रेम प्रलोभनमा पारेर विवाह नगरेपछि मृतक खत्रीले आत्महत्या गरेको पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असोज ३० गते दिएको उजुरीमा उल्लेख छ । डिएसपी कामतिका अनुसार मृतकको सुसाइट नोट पनि भेटिएको छ ।
शवको पोष्टमार्टम कात्तिक १ गते जिल्ला अस्पतालमा गरिएको थियो ।