INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढी र पहिरोले खानेपानी आयोजनामा क्षति, १ सय ५० परिवार खोनेपानीबाट वञ्चित

असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोले दोरम्बा शैलुङ गाउँपालिका–६ को एउटा खानेपानी आयोजना बगाउँदा १ सय ५० घरपरिवार खानेपानीबाट वञ्चित भएका छन् ।

वडाध्यक्ष टीकाप्रसाद गौतमका अनुसार वडा नं ६ को रिसठे बजार, कालिका मावि, आधारभूत स्वास्थ्य केन्द्र, वडा कार्यालयलगायतका क्षेत्रमा खानेपानी वितरण गर्ने आयोजनामा बाढी पहिरोले क्षति पुर‍‍्याएको छ । सो आयोजनाबाट स्थानीयले २० वर्षदेखि पानी उपभोग गर्दै आएका थिए ।

बाढी पहिरोले करिब १ हजार १ सय मिटर पाइप बगाएको उहाँले बताउनु भयो । सोही मुहानबाट पानी लगिएका साल्मे लखनपुर र साल्मे गुराँसेको खानेपानी योजनामा समेत क्षति पुगेको गौतमले बताउनु भयो । गाउँमा खानेपानीका अन्य साना मुहान समेत नभएको कारण स्थानीयलाई पीउने पानीको समस्या भएको छ । तत्काल खानेपानीको वैकल्पिक व्यवस्था गर्न नसक्दा समस्या भएको गौतमले बताउनु भयो ।

अन्य

भिडियो