INSEC Online

📅 २०८३ जेष्ठ २२

हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार

माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ ।

विष्णुमायालाई असोज २१ गते परुवी सामुदायिक वनको भीरमा मृत अवस्थामा फेला पारेपछि अनुसन्धान गर्ने क्रममा आरोपितले साविती वयान दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भेषराज रिजालले बताउनु भयो । शवको पोष्टमार्टम असोज २१ गते भरतपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो