INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

तामाकोशी गाउँपालिका-७ की २९ वर्षीया बिमला सुनुवारलाई असोज २० गते कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३१ वर्षीय पति झपटबहादुर सुनुवारलाई गिरफ्तार गरेको छ ।

असोज २० गते बिहान घरैमा बिमलाको शव फेला परेपछि घटनाको अनुसन्धानका क्रममा पतिको कुटपिटबाट मृत्यु भएको खुलेको दोलखा प्रहरीले जनाएको छ । मृतकको शरीरमा चोटपटक देखिएपछि प्रहरीले हत्याको आशङ्कामा अनुसन्धान अघि बढाएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा गए राति पतिले कुटपिट गर्दा गम्भीर घाइते भएकी बिमलाको आज बिहान आफ्नै घरमा मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दाताराम अधिकारीले जानकारी दिनु भयो ।

शवको पोष्टमार्टम असोज २० गते पशुपति चौँलागाईं स्मृति अस्पताल चरिकोटमा गरिएको छ ।

अन्य

भिडियो