INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानी र शाैचालयकाे अभावमा लालिगुराँसका विद्यार्थी ! (फाेटाे फिचर)

चाैकुने गाउँपालिका-५, रानागैरास्थित लालगुिराँस प्राथमिक विद्यालयका विद्यार्थीहरू खानेपानी र शाैचालयकाे अभाव झेलिरहेका छन् । ३७ जना विद्यार्थी रहेकाे यस विद्यालयमा खानेपानी र राम्रो शाैचालय नहुँदा विद्यार्थीहरूलाई समास्या भएको हो ।

विद्यालयमा भएको शाैचालय पनि जीर्ण अवस्थामा छ । खानेपानी समेत घरबाट लिनुपर्ने बाध्यता यहाँका विद्यार्थीलाई छ । शाैचालय गर्न १५ मिनेट टाढा घरमा जानुपर्ने बाध्यता रहेकाे कक्षा ५ मा अध्यनरत आरुसी सिजाली मगरले गुनासाे गर्नुभयो । ‘स्कुलमा पानी छैन । खानेपानी घरबाट पानी लिएर जानुपर्छ । पानी नभएका कारण शाैचालय पनि प्रयाेग विहिन र जीर्ण छ । स्कुल गएको बेला शाैचालय जान १५ मिनेट घरमा हिँडेर आउनपर्छ’, उहाँले भन्नुभयो ।

विद्यालयमा शाैचालय राम्रो हुन नसक्नुकाे मुख्य कारण पानी नहुनु नै रहेकाे विद्यालयका प्रधानाध्यापक तुलबहादर थापाले बताउनु भयो । ‘नागरिकलाई पिउने पानी एक घण्टा टाढाबाट ल्याउनपर्छ । कहिलेकाहीँ त पिउने पानी पनि पाइँदैन । त्यसैले पनि खानेपानी र शाैचालय गर्न विद्यार्थी घरमा जानुपर्ने बाध्यता छ ‘, उहाँले भन्नुभयो ।

चाैकुने गाउँपालिका र प्रदेश सरकारले बनाएकाे चार काेठे भवनले पनि पूर्णता नपाउँदा विद्यार्थीहरू पुराना जीर्ण टिनकाे छानामा पढ्न बाध्य भएको उहाँले बताउनु भयाे । प्रधानाध्यापक थापाका अनुसार लामो समयदेखि यहाँका स्थानीय र विद्यार्थीलाई खानेपानीको अभाव रहेकाे छ ।

बालबालिकाहरू स्वास्थ्य र खानेपानीको अधिकारबाट वञ्चित भएको चाैकुने गाउँपालिका-५, रानागैराका स्थानीय ३७ वर्षीय अभिभावक खडक सुनाखरीले बताउनु भयो । विद्यालयमा खानेपानीकाे अभावका लागि सराेकारवाला निकायले ध्यान दिन नसकेकाे उहाँको भनाइ छ ।

चाैकुने गाउँपालिका-५ का वडा सदस्य तपेन्द्र बिसीले पटकपटक उक्त समस्याको विषयमा गाउँपालिकालाई भन्दा पनि चासाे नदेखाएको बताउनु भयो । चाैकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले पानीको उपयुक्त मुहान नहुँदा समस्या समाधान गर्न नसकिएको बताउनु भयो । अब मुहानकाे व्यवस्थापन गरेर समस्या समाधान गरिने उहाँको भनाइ छ । रानागैरा मात्रै हाेइन, चाैकुने गाउँपालिका-५ का धारापानी, पुच्मा र रेक्चाका विद्यालयमा समेत खानेपानी र शाैचालयकाे अभाव छ ।

Photo03102024Surkhet3

Photo03102024Surkhet

Photo03102024Surkhet1

Photo03102024Surkhet2

Photo03102024Surkhet4

Photo03102024Surkhet5

Photo03102024Surkhet6

Photo03102024Surkhet7

Photo03102024Surkhet8

Photo03102024Surkhet9

अन्य

भिडियो